छिमेकी देशमा करको दर परिवर्तन हुँदा नेपालमा पनि असर पर्छः अर्थमन्त्री खतिवडा

  २०७६ असोज ५ गते १८:१०     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवाराज खतिवडाले धेरै भष्ट्राचार गर्न पाइन्छ भनेर सभासदहरु नै आफु निकट व्यक्तिहरुलाई भन्सारमा सरुवा सिफारिस गर्न अर्थ मन्त्रालय आउने गरेको बताएका छन् । बिस्तारै भन्सारमा सुधार हुँदै गएकाले त्यहाँ सरुवा गरिदिनु पर्यो भनेर आउनेहरु घटेका छन्उ-नले उने ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको प्रथम वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री खतिवडाले छिमेकी देशमा करको दर परिवर्तन हुँदा नेपालमा पनि असर गर्ने र त्यसका लागि सरकार व्यवसायीहरुसँग बसेर छलफल गर्न तयार रहेको बताए । बैंक उद्योगीहरुकै भएकाले उद्योगीहरुको पीडा बैंकले बुझि दिन अनुरोध गरे ।

उनले भने-‘जीवन रक्षाका लागि भिटामिनको प्रयोग गरे जस्तै राम्रा र असल उद्योगीहरुको प्रोत्साहन गर्न सरकार तयार रहेको छ । कस्तो बस्तु उत्पादन र निर्यातमा सरकारले कति भिटामिन दिनु पर्ने हो, त्यसको बारेमा छलफल गर्न सरकार तयार छ ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणले देशमा राजनीतिक परिवर्तन भन्दा पनि आर्थिक परिवर्तनका लागि लाग्नु पर्ने समय आएको बताइन् । उनले विश्वका उद्योगहरुमा प्रयोग भइरहेको प्रविधिको नेपालमा प्रयोग नभएकाले पनि नेपाल उद्योगका क्षेत्रमा पछि परेको बताइन् ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले सरकारले कानून निर्माण गर्दा निजी क्षेत्रलाई पनि ध्यान दिनु पर्ने बताए । सरकारले देशमा भएका स्रोत र साधनलाई प्रयोग गरेर कर उठाउने नीति ल्याउनु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.