नेशनल लाइफको चेयरपर्शन क्लब समारोहमा १३७ अभिकर्ता सम्मानित

  २०७६ असोज ५ गते १९:२१     विकासन्युज


काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कं. लि. को वरिष्ठ अभिकर्ताहरुको राष्ट्रिय सम्मेलन “चेयरपर्शन क्लब” समारोह काठमाण्डौंमा आईतवार सम्पन्न भएको छ । समारोहमा आर्थिक वर्ष २०७५÷०७६ मा मुलुकभरी रहेका कम्पनीको ४७,४०० अभिकर्ताहरु मध्ये उत्कृष्ट ब्यवसाय गर्ने २३७ जना अभिकर्ताहरुलाई सम्मानित गरियो ।

कार्यक्रमको उद्घाटन गर्दै कम्पनी अध्यक्ष प्रेमा सिंहले कम्पनीको विविध पक्ष वारे जानकारी गराउदै कम्पनी वित्तीय एवम् संरचनागत हिसाबले राम्रो रहेको, कम्पनीको जीवन बीमा कोष रु.२७ अरब भन्दा बढी पुगेको र चुक्ता पूँजी नियामक निकायले तोकेको रु.२ अरबलाई पार गरेर हाल रु.३ अरब पुगेको अवगत गराइन् ।

समारोहमा एजेन्सी म्यानेजरको वर्गमा नेपाल भरीमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु.४ लाख, रु.३ लाख र रु.२ लाख नगद पुरस्कार र सम्मान पत्र प्रदान गरियो । साथै ब्यक्तिगत अभिकर्तामा नेपाल भरीमा प्रथम, द्वितीय एवम् तृतिय हुनेलाई क्रमशः रु.२.५० लाख, रु.२ लाख र रु.१ लाख नगद पुरस्कार र सम्मान पत्र प्रदान गरियो । यसैगरी ७ वटा प्रदेशमा प्रथम, द्वितिय र तृतिय हुनेलाई समेत नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको जनाइएको छ ।

समारोहमा अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने प्रयोजनको लागि मित्र राष्ट्र भारतवाट आएका प्रशिक्षक टिएस मदानवाट प्रशिक्षण कार्यक्रम संचालन गरिएको नायब प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.