अपर नौगाड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन शुरु

  २०७६ असोज ७ गते १३:२८     विकासन्युज


काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले आफ्नो दोस्रो परियोजना अपर नौगाड जलविद्युत आयोजना ८ मेगावाटको निर्माण सम्पन्न गरी मिति सोमबार सफल परीक्षण गरेको छ ।

परीक्षण पूरा गरी यो आयोजनाले असोज १० गते देखि राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गर्ने जनाएको छ । २०७३ असोज १२ मा विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको यो आयोजनाको कुल लागत रु. १६० करोड रहेको र आयोजनाले बार्षिक ४.८७ करोड किलोवाट घण्टा विद्युत उत्पादन गर्ने अनुमान छ ।

सुख्खा महिनामा १.१४ करोड र बर्षातका चार महिनाहरुमा ३.७५ करोड घण्टा किलोवाट विद्युत उत्पादन हुनेछ । यस आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने अत्तरिया वलाँच सवस्टेशन मार्फत राष्ट्रिय ग्रिडमा प्रवाह हुनेछ । यसबाट सुदुरपश्चिम प्रदेशमा भरपर्दो विद्युत आपुर्ति हुने कम्पनीले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.