२०७६ असोज ९ गते ८:४१ विकासन्युज
काठमाडौँ । नुवाकोट ककनीमा केन्द्रीय कार्यालय भएको आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको तेश्रो वार्षिक साधारण सभा(एजीएम) कात्तिक ७ गते हुने भएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले बिहान १० बजे फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेस्टुरेन्ट ककनी नुवाकोटमा साधारण सभा गर्ने निर्णय गरेको हो ।
साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी २० करोड ७४ लाखको १२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभाबाट यस वित्तीय संस्थाले अन्य इजाजत प्राप्त घ वर्गका कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभिन वा प्राप्ती गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने र सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि राष्ट्र बैंक समक्ष निवेदन दिने लगायतका सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार दिने प्रस्ताव पारित गरिने छ ।
साधारण सभा तथा लाभांश प्रयोजनका लागि असोज १५ गतेदेखि कात्तिक ७ गतेसम्म सेयर कारोबार बन्द हुने कम्पनीले जनाएको छ । साथै, सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने जनाइएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.