२०७६ असोज १० गते १०:४९ विकासन्युज
काठमाडौँ । समता लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई ३१ प्रतिशत लाभांश दिने भएको छ ।
संस्था सञ्चालक समितिको विहीबार बसेको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र १६.५८ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।
संस्थाको हाल कायम चुक्ता पूँजी ६ करोड ६ लाख ७२ हजार रुपैयाँ रहेको छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकधबाट स्वीकृत भई वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुने कम्पनी सचिव विश्वराज श्रेष्ठले जनाएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.