एनसेलको ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ आजदेखि १० देशमा

  २०७६ असोज १६ गते ९:३३     विकासन्युज


काठमाडौँ । एनसेलका ग्राहकले अबविभिन्न १० देशहरुको भ्रमणमा रहदाबिनाकुनै झन्झट सुलभ दरमा डेटा रोमिङ्ग सेवाको फाइदालिन सक्ने भएका छन् । एनसेल प्रालिले आफ्नो आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजनामा बिहिबारबाट कतार, संयुक्त अरब इमिरेट्स र अमेरिकापनि समावेश गर्ने भएको हो ।

यो सँगै अब भारत, मलेसिया, अमेरिका, कतार, संयुक्त अरब इमिरेट्स, सिंगापुर, श्रीलंका, बंगलादेश, कम्बोडिया र इण्डोनेसियाको भ्रमणमा जाने ग्राहकहरुका लागि अनलिमिटेड रोमिङ्ग डेटा प्याक उपलब्ध हुनेछ । यस अफर अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्पेड ग्राहकले यी देशहरुको भ्रमणमा रहँदा हरेक दिन कर बाहेक मात्र रु १०० (रु १२७.६९ कर सहित) मा अनलिमिटेड रोमिङ्ग डेटा सेवाको फाइदा लिन सक्ने छन् ।

यो सेवाबाट लाभ लिन एनसेलका ग्राहकले आफु यात्रामा जानु अघि एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी निर्देशन अनुसार यो रोमिङ्ग सेवा सुचारु गर्न सक्नेछन् । रोमिङ्ग सेवा सुचारु गरी सकेपछि पुनः एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी ग्राहकले यो डेटा प्याक लिन सक्ने कम्पनीले जनाएको छ । यो योजनाले ग्राहकलाई भ्रमणमा रहँदा सुलभ दरमा अनलिमिटेड इन्टरनेट सेवा सुनिश्चित गरी आफ्ना परिवारका सदस्य, साथीभाईसँग सम्पर्कमा रहिरहन सहयोग पुर्याउने विश्वास एनसेलले लिएको छ ।

एक पटक यो प्याक सुचारु गरेपछि नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतःनविकरण हुनेछ र शुल्कभने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्र लाग्नेछ । अर्थात ग्राहकले प्याकखरिद गरी डेटा सेवाप्रयोग नगरेमा शुल्क लाग्ने छैन । ग्राहकले यो प्याकमाथिउल्लेखित १० देशहरुको भ्रमणमा जानु अघि वातीगन्तव्यहरुमापुगे पछि पनि लिन सक्नेछन् । सम्बन्धित देशमा पुगेर मात्र यो डेटा प्याक लिनका लागि ग्राहकले रोमिङ्ग सेवा नेपालमा नै सुचारु गरेको हुनु पर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.