२०७६ असोज ३० गते १९:२३ विकासन्युज
काठमाडौं । ड्याट्सन अटोमोवाइलको नेपालका लागि आधिकारिक विक्रेता पायनियर मोटोकर्प प्रा.लि.ले केहि महिना अघि नेपालमा २०१९ मोडेलको ‘ड्याट्सन गो’ लाई भित्र्याएको थियो । यो कार नेपाली बजारमा ‘गो ए(ओ)’, ‘गो (टि)’ र ‘गो टि(ओ)’ गरी ३ अलग भेरियन्टहरुमा उपलब्ध रहेको छ । त्यसैगरी यी तीन भेरियन्टहरुको मूल्य भने क्रमशः २५ लाख ९९ हजार, २६ लाख ९९ हजार र २७ लाख ९९ हजार रूपैयाँ रहेको छ ।
एकसय भन्दा बढि अपग्रेडका साथ नेपाल ल्याइएको२०१९ ड्याट्सन गो मा अघिल्लो मोडेलको तुलनामा थप २८ फिचरहरु पनि रहेका छन् । थ्रीडी शेपमा रहेका हेडलाइटहरु, स्टाइलिस एलइडि डिआरएलहरु तथा डायमण्ड–कट अलोए व्हिल्स्जस्ता फिचरहरुले यस कारलाई एकदमै आकर्षक बनाएको छ ।
यस कारमा अगाडि दुई ओटा एयर ब्यागहरु, एबीएस सिस्टम, ईबीडी सिस्टम, ब्रेक असिस्ट, सेन्ट्रल लकिङ्ग, चाइल्ड सेफ्टि लक लगायतलाई सेफ्टि फिचरका रुपमा दिइएको छ भने राइड कन्ट्रोल सस्पेन्सन, किलेस इन्ट्री, एन्टि फ्याटिग सिट्स लगायतलाई कम्फर्ट फिचरका रुपमा दिइएको छ । त्यसैगरी, यस कारमा अन्य फिचरका रुपमा आउटर रियर भ्यू मिरर, १२ भोल्टको ब्याट्री, २६५ लिटरको लगेज स्पेस, ४.६ मिटरको टर्निङ्ग रेडियस लगायत दिइएको छ ।
टप भेरियन्ट गो(टि) र गो टि(ओ) मा चाहिँ पावर स्टेयरिङ्ग, एयर कण्डिस्नर, पावर विन्डोज, इलेक्ट्रिकली एड्जस्टेवल एक्स्टेरियर साइड मिरर्स, टिन्टेड ग्लास, पावर आउटलेट, फलो मि होम हेडल्याम्प्स र ब्याट्री सेभर जस्ता अत्याधुनिक फिचरहरु पनि दिइएका छन् ।
यस कारमा प्रयोग भएको ११९८ सीसी ३ सिलिण्डर पेट्रोल इञ्जिनले ६८ बिएचपिको पावर र १०४ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस कारमा ५ गियरहरु रहेका छन् भने कारले ० देखि एक सय केएमपीएचको स्पिड केवल १३.३ सेकेण्डमै कभर गर्न सक्छ ।
५ सिटर यस कारको ग्राउण्ड क्लियरेन्स १८० मिलिमिटर रहेको छ भने फ्यूल ट्याङ्क क्यापासिटी चाहिँ ३५ लिटरको रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.