२०७६ कार्तिक १ गते १०:३१ विकासन्युज
काठमाडौँ । गैर आवासीय नेपाली संघ(एनआरएनए) को अध्यक्षमा कुमार पन्त एक हजार २१७ मत प्राप्त गरी विजयी भएका छन् । उनले सङ्घको आगामी दुई वर्षका लागि प्रतिस्पर्धी कूल आचार्यलाई १४७ मतले पछि पार्दै विजयी भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी आचार्यले एक हजार ७० मत प्राप्त गर्नुभएको सङ्घका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले जानकारी दिए ।
अध्यक्षमा निर्वाचित पन्तले जर्मनीमा व्यवसाय गर्दै आएका छन् भने प्रत्यासी आचार्यले बेलायतमा व्यवसाय गर्दै आएका छन् । अध्यक्षमा निर्वाचित पन्तलाई सत्तारुढ नेकपाको समर्थन थियो भने प्रत्यासी आचार्यलाई प्रतिपक्षी नेपाली काँग्रेसको समर्थन रहेको थियो । यस पटकको एनआरएनएको अन्तर्राष्ट्रिय सम्मेलन र निर्वाचन तनावपूर्ण हिसाबले सम्पन्न भएको छ । एनआरएनहरु बीच विवाद भएपछि तोडफोडमा समेत उत्रिएका थिए ।
विहीबार बिहान १० बजेदेखि शुरु भएको मतदान साँझ ६ बजेसम्म चलेको थियो । निर्वाचनमा शुरुमा विद्युतीय मेशिनबाट मतदान हुने भनिएता पनि विवाद भएपछि मतपत्र प्रयोग गरिएको थियो । निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहेका थिए । निर्वाचनमा २ हजार ३ सय ४१ मत खसेको थियो ।
एनआरएनएको ९औ अधिवेशनवाट निर्वाचितहरुः
अध्यक्षः कुमार पन्त
उपाधायक्षः वद्री केसी
उपाध्यक्षः अर्जुन कुमार श्रेष्ठ
उपाध्यक्षः सोनम लामा
उपाध्यक्षः मन केसी
महिला उपाध्यक्षः रविना थापा
माहासचिवः हेमराज शर्मा
सचिवः गौरी जोसी
सचिवः आरके शर्मा
कोसाध्यक्षः महेश श्रेष्ठ
सहकोषाध्यक्षः लोक दाहाल
Copyright © 2024 Bikash Media Pvt. Ltd.