२०७६ कार्तिक ८ गते १४:५७ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि आरम्भ लघुवित्तको लाभांश संशोधन भएको छ । लघुवित्तले सञ्चालक समितिको असोज ५ गते बसेको संचालक समितिको बैंठकले कूल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेकोमा राष्ट्र बैंकको निर्देशन पश्चात कार्तिक ८ गतेको बैठकले संशोधन गरी ७.७६ प्रतिशत मात्र दिने प्रस्ताव गरेको हो ।
लघुवित्तको कार्तिक ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ७.३८ प्रतिशतले हुन आउने ४४ लाख २८ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर सहित ०.३८८ प्रतिशतले हुन आउने २ लाख ३३ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यसअघि संस्थाले चुक्ता पुँजीको ८ प्रतिशतले हुन आउने ४८ लाख रुपैयाँ बराबरको बोनस र ०.४२ प्रतिशत नगद लाभांश(कर प्रयोजनको लागि)ले हुन आउने २ लाख ५२ हजार रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको थियो ।
साथै, उक्त प्रस्तावित बोनस र नगद लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.