२०७६ कार्तिक १४ गते १६:२९ विकासन्युज
काठमाडौं । बुधबार स्वास्थ्यमा समस्या आई आईसीयुमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्री डायलसिस सम्पन्न भएको छ। उनलाई आजै डिस्चार्ज गरिने पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् ।
प्रधानमन्त्रीको मिर्गौलाको बुधबार र बिहीबार गरी दुईपटक डायलाइसिस भइसकेको छ।
उनले भने, ’केही समय आराम गरेर उहाँ डिस्चार्ज हुँदै हुनुहुन्छ । उहाँ आज बालुवाटार जाँदै हुनुहुन्छ ।’ उनले ओलीको स्वास्थ्य अवस्था अहिले सामान्य भएको जानकारी दिए । उनलाई बुधबार बिहान १० बजे ग्राण्डी इन्टरनेशनल अस्पतालको आईसीयुमा भर्ना गरिएको थिए।
प्रधानमन्त्री ओलीको १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओलीले पछिल्लोपटक भाद्र ५ गते सिंगापुर गएर त्यहाँ दुई साता बसेर प्लाज्माफेरेसिस गराई भाद्र २० गते स्वदेश फर्किएका थिए।
Copyright © 2024 Bikash Media Pvt. Ltd.