२०७६ मंसिर ८ गते १४:३१ विकासन्युज
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र नागरिक लघुवित्त वित्तीय संस्थालाई एक आपसमा गाभिन वा मर्जरमा जान नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । बैंकले गत मंसिर ६ गते दुई संस्थालाई मर्जरमा जान अन्तिम स्वीकृत दिएको हो ।
२०७५ फागुन २४ गते यी दुई संस्थाबीच एक आपसमा गाभ्ने गाभिने(मर्जर)मा जाने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौता भएसँगै दुई संस्थाले गत फागुन २६ गते एक आपसमा मर्जरमा जाने प्रस्ताव राष्ट्र बैंकमा पेश गरेका थिए ।
उक्त प्रस्तावलाई गत असार २ गते बसेको दुबै संस्थाको विशेष साधारणसभाले पारित गरेको हो । सभाले दुई संस्था मर्जमा गएपश्चात शेयर आदान प्रदान अनुपात(१००ः७२) तोक्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको थियो ।
दुई संस्था मर्जपश्चात वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार हुने छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.