किसानको ‘डियुरास्ट्रिम’ सिपिभिसी पाइप नेपाली बजारमा, ५० वर्षको ग्यारेण्टी

  २०७६ मंसिर ८ गते १९:०५     विकासन्युज

काठमाडौं । किसान पाइप प्रडक्ट्स प्रालीले ‘किसान डियुरास्ट्रिम’ नामक नयाँ सिपिभिसी पाइप नेपाली बजारमा ल्याएको छ । कम्पनीले आइतबार एक कार्यक्रम आयोजना गरी आफ्नो नयाँ उत्पादन उक्त सिपिभिसी पाइप बजारमा सार्वजनिक गरेको हो ।

जापानको विश्व प्रसिद्ध सिक्वीसी कम्पनीले सिपिभिसी उत्पादन डियुरास्ट्रिम नेपाली साझेदारीका रुपमा सिपिभिसी पाइप उत्पादन शुरु गरेको हो । जापानीज कम्पनीबाट आयातित कच्चा पदार्थ तथा जापानी प्रविधि र गुणस्तरका मापदण्डलाई पालना गरी यस सिपिभीसी पाइपको उत्पादन भएको हो ।

किसानले यस अघि बजारमा पुर्याएका सबै उत्पादनहरुले नेपाल गुणस्तर चिन्ह प्राप्त गरिसकेको कम्पनीले जनाएको छ । साथै, सिपिभिसीले निकट भविष्यमै नेपाल गुणस्तर चिन्ह(एनएस) प्राप्त गर्ने प्रतिवद्धता रहेको कम्पनीका अध्यक्ष विष्णु पाण्डेले बताएका छन् ।

बजारमा सजिलै पाइने यस पाइपमा ५० वर्षको ग्यारेण्टी रहेको कम्पनीले जनाएको छ । ०.५ इन्चदेखि २ इन्च साइजमा यी सिपिभिसी पाइप उपलब्ध छन् । साथै, किसानले सिपिभिसी फिटिङ्सका सामान पनि उपलब्ध गर्दै आएको छ ।

नवलपरासीको बर्दघाटमा आफ्नो उद्योग रहेको किसान पाइपले उपभोक्ताको माग अनुसारको उत्पादनहरुका साथै सिपिभिसी फिटिङ्सका सामान पनि उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै, कम्पनीका अनुसार यस किसानले वार्षिक करोडौंको व्यवसाय गर्दै आएको छ । साथै, यसलाई आगामी दिनसम्म निरन्तर साथ दिईरहने प्रबन्ध निर्देशक अजयकुमार पाण्डेले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.