२०७६ मंसिर ११ गते १७:०० विकासन्युज
काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको मंसिर १९ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो ।
कम्पनी आगामी पुस ४ गते आफ्नो १८औं वार्षिक साधारणसभा बस्दै छ । उक्त सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने कम्पनी सञ्चालक समितिको बैठकलाई पारित गर्दै छ ।
सभाले पारित गरेपछि मात्रै सेयरधनीले चुक्ता पुँजीको ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश पाउने छन् । त्यस्तै, मंसिर १६ गतेसम्म नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सेयर कारोबार गरेका सेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउने छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.