किसानको गोठमा पुगेन अनुदानको सूचना

  २०७६ मंसिर १२ गते १७:१७     विकासन्युज

काठमाडौं । कृषिजन्य उत्पादन वृद्धिका लागि सरकारले किसानलाई अनुदानको व्यवस्था गरेको भए पनि उक्त सूचना आफूहरुसम्म नआएको कृषकको गुनासो छ । मकवानपुरको मनहरि गाउँपालिका, जहाँ अत्यधिक तरकारी उत्पादन हुन्छ, त्यहाँ यो सूचना पुगेको छैन ।

सो गाउँपालिका–६ सुनाचुरीमा तरकारीखेती गर्दै आएका कृषक शम्भु श्रेष्ठले पालिकाको सूचना आफूसम्म पुग्न नसकेको बताए। उनले भने, “हामी खेतीबाटै गुजारा गर्ने मान्छे बिहानदेखि साँझसम्म खेतबारी र गोठमै हुन्छौं, सूचना पालिकामै हुन्छ, पालिका जाने फुर्सद हुदैन थाहा हुँदासम्म ढिलो भइसक्छ पाइँदैन ।”

“अव थाहा पाए पनि पाउनको लागि कागजपत्र मिलाउनपर्छ अरे दशथरीका कागजपत्र मिलाउन हामी नपढेकालाई गाह्रो छ नि ।” सरकारले व्यक्तिलाई भन्दा पनि समूहलाई प्राथमिकता दिने गरेकाले किसानलाई समूहमा बस्न अनिवार्य गरेसँगै कृषक समूह बनाएर सामूहिकतामा काम गर्न थालेको सुनाचुरी एकीकृत कृषक समूहका अध्यक्ष शिवलाल मुक्तानले बताए ।

उनका अनुसार यसले कृषि क्षेत्रमा सामूहिकताको भावना तथा व्यावसायिक कृषितर्फ आकर्षित गर्नुका साथै अभावमा पनि सहयोग पाइने गरेको जानकारी दिए । यद्यपि त्यस्ता समूहलाई पर्याप्त सूचना नहुँदा समूहमा काम गरेको र अनुभवको अभावमा घाटा व्यहोर्नु परेको किसान भने सरकारको योजना भन्दा बाहिर हुनुपरेको उनले भने ।

सरकारले दिने अनुदान समूहमा पाइन्छ भन्नेबारे थाहा भएको र बाँकी कारोबारको सहजताका लागि पनि अहिले कृषक समूहमा बस्न थालेको समूहकी कोषाध्यक्ष सपना खतिवडाले बताइन । “अब खेतीपातीबाटै जीवन धान्ने खेतबारीमै व्यस्त हुन्छन्, आगाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले सूचना नपुगेका गाउँमा चाँडै सूचना लग्न बजेट र कार्यक्रम तय गरिएको बताइन। यसो कामतिर लगामनत भन्दा पनि गाउँमा मान्छे पाइन्न अनि पालिकाको सूचना हेर्ने फुर्सद कस्को हुनु, त्यही भएर पनि किसानसम्म अनुदान नपुगेको हो के ।” रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.