११ वटा कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी, कसले कति ?

  २०७६ मंसिर २६ गते १६:०६     विकासन्युज

काठमाडौं । बिहीबारको बजारमा अधिकांश बीमा कम्पनीका शेयरधनीले बढी अर्थात ९ प्रतिशत बढी कमाएका छन् । कूल १६८ कम्पनीको कारोबार भएको बजारमा ११ वटा कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । जसमध्ये ८ वटा बीमा कम्पनी बढी कमाउनेको अग्रस्थानमा रहेका छन् ।

जसमध्ये पनि एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले सबैभन्दा बढी अर्थात १० प्रतिशत कमाएका छन् । त्यस्तै, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले ९.९६, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीकाले ९.९३ र सगरमाथा इन्स्योरेन्स कम्पनीकाले ९.९२ प्रतिशत शेयर मूल्य कमाएका छन् ।

त्यसैगरी, आईएमई जनरल इन्स्योरेन्सको ९.८० प्रतिशत, नेपाल इन्स्योरेन्स कम्पनीको ९.७९, यूनाईटेड इन्स्योरेन्स कम्पनी(नेपाल)को ९.७७ र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर मूल्य ९.०९ प्रतिशतले बढेको छ ।

हिमालय उर्जा विकास कम्पनीको शेयर मूल्य ९.८० प्रतिशतले बढेर प्रतिकित्ता ११२ रुपैयाँ रहेको छ । त्यसैगरी, नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.७० प्रतिशत कमाएका छन् भने हिमालयन पावर पार्टनरका शेयरधनीले ९.५२ प्रतिशत कमाएका छन् । यी दुई कम्पनीको शेयर मूल्य क्रमशः प्रतिकित्ता ५२० र १६१ रुपैयाँ रहेको छ ।

बिहीबार गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताल सबैभन्दा बढी अर्थात ४.७७ प्रतिशत गुमाएका छन् । त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य ४.६१ प्रतिशतले ओरालो लागेको छ ।