आरएमडीसी लघुवित्तको पुस ११ गतेदेखि बुक क्लोज

  २०७६ मंसिर २७ गते ११:४०     विकासन्युज

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको पुस ११ गतेदेखि शेयर कारोबार बन्द(बुक क्लोज) हुने भएको छ ।

संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैंठकले २१औं वार्षिक साधारणसभा जाने प्रयोजनका लागि सो दिनदेखि बुक क्लोज गर्ने निर्णय गरेको हो ।

संस्थाको वार्षिक साधारणसभा पुस २३ गते बस्दैछ ।