इस्लिङटन कलेजका तीन विद्यार्थीले पाए बेलायतमा पढ्न पूर्ण छात्रवृति

  २०७६ पुष १ गते १०:५६     विकासन्युज

काठमाडौं । कमलपोखरीस्थित इस्लिङटन कलेजले तीन विद्यार्थीलाई बेलायतमा पढ्न पूर्ण छात्रवृति  दिने भएकाे छ । स्नातक तहमा उत्कृट छनौट भएका तीन विद्यार्थीलाई लण्डन मेट्रोपोलिटन विश्वविद्यालयमा सुचना प्रविधिको स्नातकोत्तर तह अध्ययन गर्ने गरी पुर्ण छात्रवृति दिने घोषणा गरेको हाे । कलेजको दिक्षान्त समारोहमा कलेज र आइएनजी ग्रुपका अध्यक्ष शुलभ बुढाथोकीले छात्रवृति घोषणा गरेका हुन् ।

छात्रवृति पाउने विद्यार्थीहरुमा त्रिजन मानन्धर, सविन नकर्मी र अरुण आचार्य रहेका छन् । अध्यक्ष बुढाथोेकीले विश्वविद्यालयमा खान, बस्न र हवाई टिकट र अध्ययनको लागि तीन जनालाई पूर्ण छात्रवृति उपलब्ध गराएको जानकारी दिएका छन् ।  सो विश्वविद्यालयमा सूचना प्रविधि र व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनको लागि सम्पुर्ण खर्च विश्वविद्यालयले बेहोर्ने भएको छ । छनौटमा परेका विद्यार्थीलाई पूर्ण अध्ययनका लागि सो कलेजले ३३ हजार पाउण्डको छात्रवृति पाउनेछन् । कलेजका अध्यक्ष बुढोथोकीले भने ।

स्लिङटन कलेजमा अध्ययन गर्ने विद्यार्थीको सुचना, प्रविधिको पढाई उत्कृष्ठ रहेकोले थप अध्ययन गर्न छात्रवृति दिएको जानकारी गराए । उनले भने–छात्रवृतिसंगै थप अध्ययन पुरा गरेका विद्यार्थीले नेपालमै रोजगारी सिर्जना गर्न सकुन् भन्ने उद्देश्यले छात्रवृति दिएका हौ । त्यसैगरी सोही कलेजमा अध्ययनरत दुई विद्यार्थीलाई कलेजमै अध्ययन गर्न छात्रवृति दिएको छ । छात्रवृति पाउनेमा रसिला श्रेष्ठ र कोमल निरौला रहेका छन् । उनीहरुलाई स्नातकोत्तर तह अध्ययन गर्न छात्रवृति दिएको कलेजले जनाएको छ । 

यसैबीच कलेजमा स्नातक तह पुरा गरेका गरेका ४ सय सय ४५ विद्यार्थी दिक्षित भएका छन् । काठमाडौमा आयोजित समारोहमा लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका भाइस चान्सलर लिन प्राध्यापक डब्सले दिक्षित विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए । दिक्षान्त समारोहमा बोल्दै भाइस चान्सलर डब्सले विदेशी विश्वविद्यालयको कोर्ष अध्ययन गराएको इस्लिङटन कलेजले गरेको शैक्षिक प्रगतिको खुलेर प्रशंसा गरेका थिए ।

उनले नेपालमा प्रदान गरेको शिक्षा विश्वकै उत्कृष्ट दर्जामा रहेको दाबी गर्दै भने– इस्लिङटन कलेजले विश्वविद्यालयले सोचेभन्दा प्रगति गरेको छ । विश्वको आवश्यकता सुचना प्रविधिमा आधारित शिक्षा हो, सुचना प्रविधि सहितको शिक्षा दिन कलेज सक्षम र सफल भएको छ । उनले दीक्षित विद्यार्थीलाई शुभकामना दिदै भने–तपाईहरु लण्डन मेट्सका सफल विद्यार्थी हुनुभएकोमा बधाई छ । तपाईहरुको अबको यात्रा सुखमय रहोस् ।

कार्यक्रममा बोल्दै आइएनजी ग्रुपका अध्यक्ष बुढाथोकीले अन्तराष्ट्रिय स्तरको शिक्षा दिन सफल विद्यार्थीले सोही स्तरको प्रगति हासिल गरेको बताएका छन् । उनले नेपालमा हासिल गरेको शिक्षा नेपालमै प्रयोग गर्न विद्यार्थीलाई आग्रह गर्दै भने–थप शिक्षा हासिल गर्न विदेश जानु होला तर उच्च शिक्षा पुरा गरेपछि नेपालमै फर्कनु होला ।

इस्लिङटन कलेजमा अध्ययन पुरा गरेका विद्यार्थीले कुनै न कुनै सरकारी,गैरसरकारी र निजी क्षेत्रमा रोजगारी हासिल गर्न सफल भएको जानकारी गराउदै इस्लिङटनले रोजगारीमा आधारित शिक्षा प्रदान गरिरहेको उल्लेख गरेका छन् ।

अन्य विश्वविद्यालयका कलेजको दाजोमा आइएनजी ग्रुपद्धारा संचालित इस्लिङटन कलेज सुचना र प्रविधिमा आधारित कलेजले शिक्षाले विश्वमा सफलता हासिल गर्न सकेको दाबी गर्दै उनले भने–अब नेपालमै विश्वस्तरको रोजगार सहितको शिक्षा हामीले दिनेछौ । अध्ययन संगै नया काम खोज्न अमेरिका, अष्ट्रेलिया जापान लगायत मुलुकमा भौतारिनुपर्ने अवस्थाको अन्त्य गरी अब नेपालमै सोही स्तरको शिक्षा पाउने स्तरको पठन पाठन गर्न कलेज सफल भएको उनको भनाई थियो ।

सन् १९९६ मा इन्फोमेटिक्स त्यसपछि सन् २०१० मा इस्लिङटन कलेजको नामबाट स्थापित कलेजले बेलायतस्थित लण्डन मेट्रोपोलिटन विश्वविद्यालयबाट सम्बन्धन लिएको हो । हाल कलेजमा बिबिएमा कम्प्युटिङ, नेटवर्किङ एण्डआइटी सेक्युरिटी र मल्टीमिडिया टेक्नोलोजी विषयमा तीन वर्षीय कोर्ष अन्तर्गत संचालन भैरहेको छ । व्यवस्थापन अन्तर्गत चार वर्षिय बिबिएमा इन्टरनेशनल विजनेस, फाइनान्स र मार्केटिङ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.