३५ प्रतिशत बोनसपछि श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयर मूल्य समायोजन

  २०७६ पुष १ गते १३:३०     विकासन्युज

काठमाडौं । श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । ३५ प्रतिशत बोनसपछि कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।

समायोजनपश्चात कम्पनीको शेयर मूल्य प्रतिकित्ता १५१.४४ रुपैयाँ रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ८२ करोड ९० लाख ३५ हजार रहेको छ ।

यस कम्पनीको हालसम्म ८२ लाख ९० हजार ३ सय ५० कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज(नेप्सेमा) सुचीकृत छ ।