२०७६ पुष ३ गते १२:२० विकासन्युज
काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडको पुस १४ गते शेयर कारोबार बन्द(बुक क्लोज) हुने भएको छ ।
कम्पनीकाे वार्षिक साधारण सभामा जाने प्रयोजनका लागि सो दिनदेखि पुस २४ गतेसम्म बुक क्लोज गर्ने भएको हो ।
बुधबार बसेको सञ्चालक समितिको बैठकले संस्थाको २३औं वार्षिक साधारणसभा पुस २४ गते होटल मानकी इन्टरनेशनल जनकपुरमा बस्ने निर्णय गरेको हो ।
हाल कम्पनीकाे चुक्ता पूँजी ४९ करोड २१ लाख रहेकाे छ । ४९ लाख २१ हजार ४ सय ३ कित्ता शेयर हालसम्म नेप्सेमा सुचीकृत छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.