२०७६ पुष ३ गते १३:१५ विकासन्युज
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले आगामी पुस २६ गते वार्षिक साधारणसभा गर्ने भएको छ । सभा प्रयोजनका लागि पुस १३ गतेदेखि पुस २६ गतेसम्म शेयर कारोबार बन्द( बुक क्लोज) गर्ने भएको छ ।
बुधबार साँझ बसेको संचालक समितिको बैठकले संस्थाको ७औं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको हो ।
संस्थाकाे वार्षिक साधारणसभा साेही मितिमा द फेमिली जक्सन क्याफे एन्ड क्याटरिङ सेन्टर, गैंडाकाेटमा बस्दै छ ।
सभाले शेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्तावलाई पारित गर्दै छ । हाल संस्थाको चुक्ता पुँजी १९ करोड ४८ लाख १० हजार रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.