एनएमबि बैंकसहित चार कम्पनीको शेयर मूल्य समायोजन

  २०७६ पुष ४ गते १३:४२     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न चार कम्पनीको शेयर मूल्य समायोजन भएको छ । एनएमबि बैंक, एभरेष्ट बैंक, पोखरा फाइनान्स र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर पछिको मूल्य समायोजन भएको हो ।

एनएमबि बैंकको २१ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । समायोजन पश्चात बैंकको शेयर मूल्य प्रतिकित्ता ३३२.२३ रुपैयाँ रहेको छ ।

एभरेष्ट बैंकको ५ प्रतिशत बोनस शेयर पछि मूल्य समायोजन भएको छ । समायोजन पश्चात बैंकको शेयर मूल्य प्रतिकित्ता ५४१.९० रुपैयाँ तोकिएको छ ।

त्यस्तै, ७ प्रतिशत बोनस शेयर पछि पोखरा फाइनान्सको मूल्य समायोजन भएको छ । जसपश्चात संस्थाको शेयर मूल्य प्रतिकित्ता १३७.३८ रुपैयाँ रहेको छ ।

त्यसैगरी, १० प्रतिशत बोनस शेयर पछि मूल्य समायोजन भएको इन्फिनिटी लघुवित्तको शेयर मूल्य प्रतिकित्ता ५१९ रुपैयाँ तोकिएको छ ।