२०७६ पुष ४ गते १७:०४ विकासन्युज
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा ५ कम्पनीको दुई करोड ३७ लाख ४६ हजार ४४ कित्ता शेयर सूचीकृत भएको छ । सातामा एनआईसी एशिया बैंकसहित पाँच कम्पनीको बोनस र हकप्रद शेयर गरी सो मात्राको शेयर सूचीकृत भएको हो ।
जसमध्ये दुई कम्पनीको बोनस र तीन कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । एनआईसी एशिया बैंक र बैंक अफ काठमाण्डूको बोनस तथा बेष्ट फाइनान्स कम्पनी, वोमी माइक्रोफाइनान्स वित्तीय संस्था र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सूचीकृत भएको हो ।
एनआईसी एशिया बैंकको ८८ लाख ३४ हजार २२८ कित्ता र बैंक अफ काठमाण्डूको ४८ लाख ३७ हजार ८६० कित्ता बोनस शेयर नेप्सेमा थपिएको छ ।
त्यस्तै, बेष्ट फाइनान्स कम्पनीको एक लाख ८८ हजार ९८० कित्ता, वोमी माइक्रोफाइनान्सको १० लाख १० हजार ८८० कित्ता र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.