बुटवल पावर कम्पनीको शेयर मूल्य समायोजन

  २०७६ पुष ९ गते १०:००     विकासन्युज

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । १० प्रतिशत बोनसपछि कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।

समायोजनपश्चात कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३ सय २० रुपैयाँ रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ४४ करोड ५ लाख ३९ हजार रहेको छ ।

कम्पनीको हालसम्म २ करोड ४४ लाख ५ हजार ३ सय ९२ कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सुचीकृत छ ।