चार बैंक वित्तीय संस्थाको शेयर मूल्य समायोजन

  २०७६ पुष १३ गते १०:२४     विकासन्युज

काठमाडौं । बोनसपछि चार बैंक वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । नेपाल बैंक लिमिटेडको १५ प्रतिशत बोनसपछि शेयर मूल्य समायोजन भएको हो । समायोजनपश्चात बैंकको शेयर मूल्य प्रतिकित्ता २७५.६५ रुपैयाँ भएको छ ।

यस्तै, कृषि विकास बैंक लिमिटेडको ६ प्रतिशत बोनसपछि शेयर मूल्य समायोजन भएको छ । समायोजनपश्चात बैंकको शेयर मूल्य प्रतिकित्ता ३९३.४० रुपैयाँ रहेको छ ।

यसैगरी, नेरुडे लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत बोनसपछि शेयर मूल्य समायोजन भएको छ । समायोजनपश्चात संस्थाको शेयर मूल्य प्रतिकित्ता ४८६.०९ रुपैयाँ रहेको छ ।

त्यस्तै, विजय लघुवित्त वित्तीय संस्थाको पनि शेयर मूल्य समायोजन भएको छ । संस्थाको १५ प्रतिशत बोनस शेयरपछि शेयर मूल्य समायोजन भएको हो । समायोजनपश्चात शेयर मूल्य प्रतिकित्ता ६२३.४८ रुपैयाँ रहेको छ ।