सिन्धुली सम्मेलन काठमाडौंमा, विभिन्न ८ विधामा कार्यपत्र प्रस्तुत

  २०७६ पुष १४ गते १०:२६     विकासन्युज

काठमाडौं ।  सिन्धुली सम्मेलन काठमाडौंमा  सम्पन्न भएकाे छ । समृद्ध सिन्धुली अभियानले  आयोजना गरेको सिन्धुली परिकल्पना २०३० (सिन्धुली सम्मेलन) राजधानीमा सम्पन्न भएकाे हाे ।

सम्मेलनमा नेकपा माओवानीका स्थायी समिति सदस्यसमेत रहेका नेता पूर्वमन्त्री हरिबाेल गजुरेलले नेताहरुबीच कहाँ कसलाई नियुक्ति गर्ने भन्नेमा मात्र छलफल नभइ पार्टीका विकासका बारेमा पनि बहस हुनुपर्ने बताए । प्रदेश सभा सदस्य विजुला बर्माले सांसदले नियम, कानुन र ऐन बनाउने जिम्मेवारी भए पनि विकासको चिड्को बोकेर मन्त्रालय र योजना आयोग धाउने काम गर्नु परेको गुनासो गरिन् ।

कार्यक्रममा सिन्धुलीको समग्र विकासका लागि धीरप्रसाद भण्डारीले कृषि, आशिष गजुरेल पूर्वाधार, लीलाविक्रम थापाले स्वास्थ्य, डा.दुर्गाप्रसाद दाहालले शिक्षा, जनार्दन बराल, माया थापाले दीगो विकास, दीपक श्रेष्ठले पर्यटन र सुमन थापाले लगानीबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रम अभियानका अध्यक्ष लीलानाथ घिमिरेले प्रस्तुत भएका कार्यपत्रलाई एकीकृत दस्तावेजको रुप दिएर सिन्धुलीका ९ वटै स्थानीय तहसँग सहकार्य गरी विकास निर्माणका काम अगाडि बढाउने बताए । सिन्धुली सम्मेलनमा शिक्षाविद गोविन्द गजुरेल, समाजबादी पाटीका महासचिव गङ्गानारायण श्रेष्ठ, नेकपा नेता प्रकाश श्रेष्ठ, हिरा लामालगायत पर्यटन व्यवसायी, उद्यमी, बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.