बोनसपछि सात बैंक र वित्तीय संस्थाको शेयर मूल्य समायोजन

  २०७६ पुष १४ गते ११:४९     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा  विभिन्न ७  बैंक तथा वित्तीय संस्थाकाे शेयर मूल्य समायाेजन भएकाे छ । नेप्सेले बाेनस शेयरपछि दुई बैंक र पाँच वित्तीय संस्थाको गरी उक्त कम्पनीकाे शेयर मूल्य समायाेजन गरेकाे हाे ।

जसमध्ये नेपाल इन्भेष्टमेन्ट बैंकको १०.५० प्रतिशत बोनसपछि शेयर मूल्य समायोजन भएको छ । समायोजनपश्चात बैंकको शेयर मूल्य प्रतिकित्ता ३९१.८६ रुपैयाँ रहेको छ ।

यस्तै, प्राइम कमर्सियल बैंकको १६ प्रतिशत बोनसपछि शेयर मूल्य समायोजन भएको छ । समायोजनपश्चात बैंकको शेयर मूल्य प्रतिकित्ता २४०.५२ रुपैयाँ रहेको छ ।

यसैगरी, ३ प्रतिशत बोनसपछि युनाइटेड फाइनान्सको शेयर मूल्य समायोजन भएको छ । जसपश्चात संस्थाको शेयर मूल्य प्रतिकित्ता १७१.८४ रुपैयाँ ताेकिएकाे छ।

जानकी फाइनान्स कम्पनीको २२ प्रतिशत बोनशपछि शेयर मूल्य समायोजन भएको छ । समायोजनपछि नेप्सेले फाइनान्सको शेयर मूल्य प्रतिकित्ता १६३.११ रुपैयाँ ताेकेकाे छ ।

त्यस्तै, महुली लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनसपछि शेयर मूल्य समायोजन भएको छ । समायोजनपश्चात संस्थाको शेयर मूल्य प्रतिकित्ता ७५०.८३ रुपैयाँ रहेको छ ।

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २७.२५ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको १० प्रतिशत बोनसपछि शेयर मूल्य समायोजन भएको छ । यी संस्थाकाे शेयर मूल्य क्रमशः प्रतिकित्ता ७८४.२८ रुपैयाँ र ५४७.२७ रुपैयाँ ताेकिएकाे नेप्सेले जनाएकाे छ ।