२०७६ पुष १४ गते १४:१० राजाराम न्यौपाने
काठमाडौं । उद्यमीहरू चन्द्रप्रसाद ढकाल, शेखर गोल्छा र मिनबहादुर गुरूङरुले लगानी विस्ताार गर्न उपयुक्त जिल्ला भन्दै केवलकार, हाेटल, सुपरमार्केट खाेल्ने घाेषणा गरेकाे बागलुङमा जिल्लामा नयाँ एयरपोर्ट पनि बनाउने तयारी थालिएकाे छ । बागलुङको निसीखोला गाउँपालिका २ अर्नाकोटमा अर्नाकोट एयरपोर्ट निमार्णकाे तयारी भइरहेकाे निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए ।
एयरपाेर्ट बनाउन ८२५ राेपनी जग्गाकाे रेखाङकन गरिएकाे वडा २ का अध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए । एयरपोर्ट निर्माण हुन लागेको स्थानमा थोरै मात्रै नीजि जग्गा पर्ने र धेरै सरकारी जग्गा पर्ने भएकाेले एयरपाेर्ट बनाउन सहज हुने उनले बताए ।
पहिलो चरणको सर्वे रिपाेर्ट एयरपोर्ट बनाउन लागि उपयुक्त देखिएकाेले दोस्रो चरणको अध्ययन सुरु भएको गाउँपालिका अध्यक्ष पौडेलले बताए ।यहाँ विमानस्थल बनाउन २०७४ सालमा पहिलो चरणमा गरिएको भौगोलिक सर्वे र डिजाईन गरिएकाे थियो । संघीय सरकारले यस एयरपाेर्टकाे विस्तृत अध्ययन गर्न ३० लाख रूपैयाँ बजेट व्यवस्था गरेकाे उनले जानकारी दिए ।
अध्ययनका क्रममा हाल हवाई मार्ग बन्ने स्थल निसीखोला गाउँपालिकाको वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकिमा स्थानीयसँग राय सुझाव माग गरि सूचना टाँस गरिएकाे छ । एयरपाेर्ट बनाउन आवश्यक क्षेत्र निर्धारणा गरी वन, वातावरण तथा धावनमार्ग बन्ने स्थल आसपासका घर संरचनामा पर्ने प्रभावका स्थानीयबासीसँग रायसुझाव लिन सूचना टाँस गरिएकाे उनले बताए ।
संविधानमा एयरपाेर्टकाे सञ्चालन र व्यवस्थापन संघीय सरकारकाे मात्र अधिकारकाे क्षेत्रमा राखिएकाे छ । तर संघीय सरकारकाे यस वर्षकाे बजेटमा हवाई पूर्वाधारकाे निर्माण, विकास तथा व्यवस्थापनमा सरकार र निजी क्षेत्रकाे साझेदारी र सहकार्यलाई प्राेत्साहित गर्ने उल्लेख छ ।
चालु अार्थिक वर्षकाे नीति तथा कार्यक्रममा सरकारले प्रदेश सरकार र स्थानीय सरकारसँग मिलेर स्थानीयत तहकाे एयरपाेर्ट बनाउने नीति लिएकाे छ । साेही नीतिका आधारमा सर्वेक्षण कार्यमा नागरिक उड्यन्न प्राधिकरणसँग सहकार्य भइरहेकाे उनले जानकारी दिए ।
उद्योग बाणिज्य महासघंका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङकाे केन्दमा एउटा एयरपोर्टको आवश्यकता भएकाे बताए । अर्नाकोटमा एयरपोर्ट निर्माण भए पछि जिल्लाको विकास,उद्योग, कृषि, पर्यटन लगाएका लागि अझ राम्रो हुने ढकालले बताए ।
बागलुङमा यसअघि बलेवा र ढाेरपाटनमा एयर पाेर्ट रहेकाे छ । हुस्सुकाे कारण ढाेरपाटनकाे एयरपाेर्ट वर्षमा ६ महिना पनि चल्ने गाह्राे भएकाे वडा २ का अध्यक्ष कुविर विश्वकर्माले बताए ।
डाेरपाटनकाे एयर पाेर्ट उत्तरगंगा जलविद्युत आयाेजना निर्माण गर्दा ढुवानमा पर्ने भएकाेले पनि नयाँ एयरपाेर्ट आवश्यक भएकाे स्थानीयकाे भनाइ छ । अर्नाकोट एयरपोर्ट सञ्चालनमा आउँदा डाेल्पा, मुगु, राेल्पा, गुल्मी, म्याग्दी लगायतका जिल्लाकाे लागि दुर्त यातायात सेवाकाे लागि काम लाग्ने उनीहरूले बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.