२०७६ पुष १५ गते १५:१९ विकासन्युज
काठमाडौं । भोली अर्थात बुधबार नयाँ वर्ष सन् २०२० को आगमन हुँदैछ । विश्वका प्रमुख शहरहरुले नयाँ वर्षलाई भव्य रुपमा स्वागत गर्ने गरेका छन् । अन्तर्राष्ट्रिय स्तरमा यसलाई एक प्रकारको पर्वका रुपमा मनाइने गरिन्छ । आज हामी विश्वका कुन शहरमा नयाँ वर्ष कसरी मनाइदै छ भन्ने बारे चर्चा गर्दैछौं ।
१. सिड्नी
सिड्नी अष्ट्रेलियाकाे राजधानी हो । मध्यरातमा नयाँ वर्षलाई भव्यताकासाथ स्वागत गर्ने संसारकोे प्रमुख अन्तर्राष्ट्रिय शहरमध्ये सिड्नी एक हो । यो वर्ष अष्ट्रेलियामा डढेलाको कारण सिड्नीमा आतशीबाजी नहुने धेरैले सोचेका थिए । तर, सिड्नीका मेयर क्लोभर मुरले यसमा रुकावट नआउने बताएका छन् । अष्ट्रेलियाका सञ्चार माध्यमका अनुुसार गत वर्ष सिड्नीमा गरिएको आतिशबाजीमा ४ मिलियन अमेरिकी डलर खर्च भएको थियो । त्यहाँ मुख्य आतशीबाजी हार्बरको ओपेरा हाउस र हार्बर ब्रिजकोमा हरेक वर्ष प्रर्दशन हुने गर्छ ।
२. ताईपे
विश्वको अर्को प्रमुख शहर हो ताइपे । ताइवानको राजधानी ताईपे शहरको सबैभन्दा अग्लो भवन ताईपे १०१ बाट नयाँ वर्षको अवसरमा आताशेबाजीको प्रर्दशनी हुने गरेको छ । ताइवान सरकारले नयाँ वर्षलाई खुसियालीकसार्थ स्वागत गर्दै विभिन्न सांगितिक कार्यक्रमहरुको पनि आयोजना गर्ने गरेको छ । ताइपेको टापुबाट शहरको दृश्य एकदमै राम्रोसँग देख्न सकिन्छ । त्यसैले पनि ताइवान सरकारले हरेक वर्ष त्यो टापुमा नयाँ वर्षको कार्यक्रमहरु गर्दै आएको छ ।
३. बैंकक
रात्री जीवनका लागि एसियामा बैकंक निकै नै प्रख्यात शहरका रुपमा चिनिन्छ । नयाँ वर्ष मनाउनको लागि बैंककको टाईम्स स्कायरको सेन्ट्रलवर्लड प्लाजा सबैभन्दा भिड हुने स्थान हो । यस्तै त्यहाँको अर्को भिड हुने स्थान असिटिक्यु सपिङ एरिया रहेको छ । थाइल्याण्डको राजधानी तथा प्रमुख शहरका रुपले चिनिने बैंककमा नयाँ वर्ष मनाउनका लागि धेरै मानिसहरुको भिड लाग्ने गरेको छ ।
४. दुबई
दुबईको ब्रुज खालिफा संसारको ध्यान केन्द्रित गर्ने गगनचुम्बी भवन मध्यकोे एक हो । यसको माहोल र उत्सव जव नयाँ वर्ष शुरु हुन्छ अनि बढ्न थाल्छ । संसारकै अग्लो भवनबाट हुने आताशबाजीलाई हेर्न लाखौं मानिसहरुको उपस्थिती हुने गरेको छ ।
५. मस्को
मस्को रसियाको राजधानी तथा विश्वको प्रमुख शहरमध्येको एक हो । नयाँ वर्षको अवसरमा मस्कोको ऐतिहासिक रेड स्क्वायरमा आताशबाजी हुने गरेको छ । यो हेर्न हजारौं मानिसहरुको उपस्थिती हुने गरेको छ ।
६. लण्डन
नयाँ वर्षको पुर्वसन्ध्यामा बेलायतको राजधानी लण्डनको थेम्स नदिको किनाराबाट एकदमै मनमोहक दृश्यको अवलोकन गर्न सकिन्छ । लण्डनले पनि नयाँ वर्षको अवसरमा आतिशबाजीलाई नै प्राथमिकता दिने गरेको छ ।
७. न्यु वर्क
नयाँ वर्षको पुर्वसन्ध्याको लागि म्यानह्याटनको टाईम्स स्क्वायर निकै नै भिड हुने स्थान हो । नयाँ वर्षको पुर्वसन्ध्यामा गरिने बल ड्रप त्यहाँको मुख्य आकर्षण हो । करिब एक लाख मानिसहरु यसलाई हेर्नको लागि त्यहाँ जाने गर्छन् । यस्तै, ठुलो संख्यामा संगितकर्मीहरुको पनि उपस्थिती हुने गर्दछ ।
नयाँ वर्षमा यी शहरहरुमा विभिन्न सामान महँगिने गर्दछ । तर, ती सामानहरुमा व्यापारीहरुले केही छुट भनेर राखेका हुन्छन् । होटल तथा रेष्टुरेण्ट भाडादर पनि बढ्ने गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.