२०७६ पुष २२ गते १४:२४ विकासन्युज
काठमाडौं । नबिल बैंकको स्वतन्त्र सञ्चालकमा ईला शर्मा नियुक्त भएकी छिन् । बैंक सञ्चालक समितिको बैठकले शर्मालाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।
नवनियुक्त शर्माले सोमबार(पुस २१ गते) नै बैंकको सञ्चालक समितिको ५२६औं बैठकबाट पदबहाली गरेकी छिन् । उनी निर्वाचन आयोगकी पूर्वआयुक्त हुन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.