२०७६ माघ १७ गते १७:०५ विकासन्युज
काठमाडाैं । नेपालको अतिलोकप्रिय रुस्लान भोडकाले आफ्नो बजारलाई देश बाहिर पनि विस्तार गर्न थालेको छ । अब रुस्लानका आकर्षक प्याक अष्ट्रेलिया, हङकङ, बेल्जियम, जापान, दक्षिण कोरिया र मलेसियाका बजारमा पनि देख्न सकिने छ ।
नेपाली बजारमा पारखीको पहिलो रोजाईको ब्राण्ड बन्न सफल रुस्लानले विदेशी बजारमा पनि आफ्नो अमित छाप छोडन सफल हुनेमा जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशिन जोशी विश्वस्त छन् ।
रुस्लान विगत चार दशकदेखि पारखीको स्वाद र सन्तुष्टीलाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधि प्रयोग गरेर बनाइएको नेपालको पहिलो भोडका हो । रुस्लानको गुणस्तरले गर्दा नै अधिकाशं उपभोक्ताको रोजाईमा पर्न सफल पनि भएको छ ।
चीन, थाइल्याण्ड लगायतका देशहरुमा पनि ब्राण्डको निकासीका लागि पहल भइरहेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.