३ पूर्वअध्यक्ष र बरिष्ठ उपाध्यक्ष साक्षी राखेर प्रधानले गरे महासंघ बरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा

  २०७६ फागुन १ गते १७:२८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष किशोर प्रधानले आगामी कार्यकालको लागि बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । प्रधानले महासंघका ३ जना पूर्व अध्यक्ष साक्षी राखेर विराटनगरबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

प्रधानको उम्मेदवारी घोषणासभामा पूर्वअध्यक्षहरु विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी र पशुपति मुरारका सहभागी भएका छन् । यस्तै, महासंघको उद्योग कमिटिका अध्यक्ष अन्जन श्रेष्ठ, महासंघको बागमती प्रदेश कमिटिका अध्यक्ष दिनेश श्रेष्ठलगायत उद्योगी व्यवसायी सहभागी भएका छन् ।

आगामी चैतमा हुने महासंघको ५४औं महाधिवेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्दैछ । बरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालको लागि स्वतः अध्यक्ष बन्ने विधानको व्यवस्था अनुसार शेखर गोल्छा आगामी कार्यकालको लागि अध्यक्ष बन्नेछन् ।

महासंघमा बरिष्ठ उपाध्यक्ष नै अर्काे कार्यकालको लागि स्वतः अध्यक्ष बन्ने व्यवस्था भएकोले बरिष्ठ उपाध्यक्षमा चुनावी प्रतिस्पर्धा रोचक हुने गरेको छ । बरिष्ठ उपाध्यक्ष पदका लागि अर्का उपाध्याक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

प्रधानको उम्मेदवारी सभामा करिब ३५ जिल्लाको उद्योग वाणिज्य संघका अध्यक्षहरुको सहभागिता रहेको बताइएको छ ।

सम्बन्धित सामग्री

किशोर प्रधानको उम्मेदवारी घोषणा सभामा शेखर गोल्छा गए, सौरभ ज्योति गएनन्

चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले व्यवसायीका समस्या सुनिदिए पुग्छ

निर्वाचन नजिकिँदै गर्दा महासंघमा ध्रुवीकरण तीव्र

पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः राजनीतिक दललाई गुहार्नुपर्ने प्रवृतिको अन्त्य गरोस्

पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबकाे नेतृत्वले साना व्यवसायीका पनि पिरमर्का बुझोस्

चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः महासंघ ठूला घरानाको मात्र नहाेस्

चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्: व्यवसाय विराेधी ऐन कानुन खारेज गर्ने नेतृत्व चाहिन्छ

चार प्रदेश महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले शक्ति विकेन्द्रित गर्न सकोस्

तीन प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले एसएमईको प्रबर्द्धन सोचोस्