एकैदिन १२ सयले घट्यो सुन, प्रतितोला ७८ हजारमा कारोबार

  २०७६ फागुन १८ गते १२:०४     विकासन्युज

काठमाडौं । साताको पहिलो दिन प्रतितोला १ हजार २ सय रुपैयाँले सुनको मूल्य घटेको छ । गत शुक्रबार प्रतितोला ७९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भएको छ ।

गत साता हाल सम्मकै उच्च मूल्यमा सुन कारोबार भएको थियो । गत साताको सोमबार ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ८० हजारमा बिक्री भयो यस्तै गरि बुधबार ७९ हजार ५ सय रुपैयाँ, बिहीबार ७९हजार ७ सय रुपैयाँ सुन बिक्री भएको थियो ।

त्यस्तै गत शुक्रबार प्रतितोला ७८ हजार ९ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन साताको पहिलो दिन आइतबार ७७ हजार ७ सय रुपैयाँमा बिक्री भइरहेको छ ।

गत शुक्रबार चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो भने आइतबार २० रुपैयाँमा घटेर प्रतितोला ८ सय ६० रुपैयाँमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.