स्पर्स लघुवित्तले ३५ जना किसानलाई दियो कृषि तथा पशुपालन सम्बन्धी तालिम

  २०७६ फागुन २८ गते १९:२१     विकासन्युज

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय भुताहा नवलपरासीले ग्राहक सदस्यहरुका लागी कृषि तथा पशुपालन सम्बन्धी तालिम दिएको छ । संस्थाले फागुन २८ गते नवलपरासीको भुताहामा उक्त तालिम दिएको हो ।

तालिमको उद्घाटन प्रमुख अथिति केन्द्रीय कार्यालय अनुगमन विभागका अनुगमन अधिकृत अरबिन्द मल्लले गरेका हुन् ।

व्यावसायीक रुपमा कृषि तथा पशुपालन गरीरहेका किसान र कृषि तथा पशुपालन गरी व्यावसाय विस्तार गर्न उत्सुक ३५ जना किसान महिला सदस्यहरुका लागी तालिम दिइएको थियो । तालिमको स्रोत व्यक्ति पशुविज्ञ हेमन्त कुमार चौधरीले पशुपालन सम्बन्धी र कृषिविज्ञ सुरेन्द्र कुमार सिंहले कृषि सम्बन्धी तालिम दिएका थिए ।

स्रोत व्यक्तिहरुले कृषि तथा पशुपालन गर्दा ध्यान दिनुपर्ने कुराहरु समस्या आएमा त्यसलाई समाधान कसरी गर्ने उपायहरुको बारेमा जानकारी गराइएको थियो । माया कुमारी चौधरीले व्यावसायीक तरकारी खेती गरी सफलता तथा आत्मनिभर भएको जानकारी गराएकी छन् ।

कार्यक्रममा प्रमुख अथिती मल्लले संस्थाले ग्राहक सदस्यलाई यस्ता किसिमको तालीम नियमित रुपमा दिँदै गएको र भविष्यमा पनि यस्ता सीपमूलक तालिमहरु नियमित रुपमा दिँदै जाने बताए । साथै, तालिममा सहभागीहरुलाई प्रमाणप्रत्र पनि वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.