२०७६ चैत १६ गते १६:०३ विकासन्युज
काठमाडौं । मेटलाईफ इन्स्योरेन्स कम्पनीले कोभिड नाएन्टीनका कारण सम्पूर्ण बीमा सेवाहरु बन्द भएपनि अनलाईनबाट हुने सेवाहरु निरन्तर चल्ने जनाएको छ । कम्पनीले बिमितलाई पर्न सक्ने असहजतालाई ध्यान दिँदै यस्तो व्यवस्था गरेको हो ।
के के छन् कम्पनीले जारी गरेकाे सूचनामाः
– लक डाउनको अवधिका कारण बीमाशुल्कको भुक्तानी हुन नसकेका सबै सक्रिय बीमालेखहरुलाई निरन्तरता दिने ।
– लकडाउनका कारण भुक्तानी हुन नसकेका बीमाशुल्क सार्वजनिक सेवाहरु पुनः सुचारु भएको १५ दिन भित्र भुक्तानी गरेमा कुनैपनि बिलम्ब शुल्क नलाग्ने ।
– कम्पनीको वेवसाईट अनलाईन बीमाशुल्क भुक्तानी सेवा सुचारु राख्ने ।
– अत्याआवश्यक सेवासम्बन्धि सम्पूर्ण कार्यहरु कर्मचारीले घरबाटै संचालन गर्ने ।
– फाने, फेसबुक र इ–मेलको मार्फत ग्राहकहरु, कर्मचारीहरु तथा अभिकर्ता लगायतका व्यवसायिक साझेदारहरुलाई आवश्यक जानकारी सेवा प्रदान गर्ने ।
– मेटलाईफ, नेपालका सबै विद्यमान, दुर्घटना र स्वास्थ्य बीमा लगायतका व्यक्तिगत तथा सामूहिक जीवनबीमा लेखहरु, बीमालेखका सर्तहरुको अधिनमा रहि सदा झैँ रक्षावरण प्रदान गरिने छ ।
सम्पर्कका व्यक्तीको रुपमा मेट लाईफले कर्मचारीहरु प्रजनी शाही, सलीना शाक्य र मनोज नेपाललाई तोकेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.