२०७६ चैत १८ गते १२:२२ विकासन्युज
काठमाडौं । रामेछापको खाडाँदेवी गाउँपालिकामा बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा परी २ जनाको मृत्यु र ३० जना घाइते भएका छन् ।
बा १४ च ९४९८ पिकअप बोलेरो जिप भक्तपुरबाट रामेछापको दोरम्बातर्फ जाँदै गर्दा दुर्घटना भएको छ । जिप सडकदेखि करिब १ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
घाइते भएकामध्ये दोरम्बा गाउँपालिका ३ का ४० वर्षीय गोपीलाल पहारी र सोही गाउँपालिका २ की २५ वर्षीया संगिता पहरीको उपचारको क्रममा मृत्यु भएको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.