२०७६ चैत १९ गते १४:३० विकासन्युज
काठमाडौं । अमेरिकी हेल्थ केयर कम्पनी एबोट ल्याबरोटोरीले पाँच मिनेटमा कोरोना भाईरस पत्ता लगाउने मेसिन प्रयोग गर्न मान्यता पाएको छ । अमेरिकाका खाद्य तथा औषधी प्रशासन एफडिएले एबोटको मेसिनलाई मान्यता दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
राष्ट्रपति ट्रम्पले पनि सोमबार ह्वाईट हाउसको ब्रिफिङमा उक्त मेसिनलाई धेरै नै विश्वासिलो बताएका थिए ।
यस्तै, उनले एबीसी न्यूजसँगकाे एक अन्तर्वार्तामा एबटको अनुसन्धान र विकासका उपाध्यक्ष, डा. जोन फ्रेल्सले भनेका थिए, ‘उक्त यो हालको सबैभन्दा छिटो समयमा हेरचाह गर्न सक्ने परीक्षण मेसिन हुनेछ । यसले ५ मिनेटमा सकारात्मक नतिजा र १३ मिनेटमा नकरात्मक परिणाम दिन्छ ।’
Copyright © 2025 Bikash Media Pvt. Ltd.