२०७६ चैत २१ गते ११:४७ विकासन्युज
काठमाडौं । अमेरिकाको पेनसेलभेनिया राज्यको पिट्सबर्ग विश्वविद्यालयले कोरोना भाइरस विरुदको खोप परीक्षणमा सफल भएको जनाएको छ । यूपीएमसी र पिट्सबर्ग विश्वविद्यालयको आपतकालीन चिकित्सा विभागका अध्यक्ष डोनाल्ड एम येलीले खोप सफल परिक्षण भएको बताएका हुन ।
पशुमा गरिएको परीक्षणबाट उक्त खोपले कोरोना भाइरसलाई निष्प्रभावित पार्ने रिपोर्टमा प्रस्तुत गरेका छ । पिट्सबर्ग युनिभर्सिटी अफ मेडिसिनका अन्वेषकहरूले जनावरहरुमा गरेको परीक्षणमा प्रारम्भिक सफलता मिलेको जनाएका हुन । विश्वविद्यालयले आफ्नो शोधपत्रमा खोपको सफल परिक्षण भएको सार्वजनिक गरेका छन् ।
मिडभिल ट्रीबुन डटकमको सहयोगमा
Copyright © 2025 Bikash Media Pvt. Ltd.