२०७६ चैत २३ गते १३:०९ विकासन्युज
होङकोङ । मेटलाइफ फाउन्डेशनले कोरोना रोकथाम नियन्त्रणको लागि २५ मिलियन डलर सहयोग गर्ने भएको छ । वैश्विक महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड(१९ का कारण हाल विस्वमा प्रभावित समुदायहरूको समर्थनमा फाउन्डेशनले उक्त सहयोग गर्ने भएको हो ।
मेटलाइफ फाउन्डेशनले प्रदान गर्ने अनुदानले सबै मेटलाइफका कार्यालय भएका क्षेत्रहरूमा विस्तार हुनेछ र दुबै छोटो तथा दीर्घकालीन राहतका प्रयासहरूलाई सम्बोधन गर्नेछ ।
मेटलाइफका अध्यक्ष तथा सीईओ मिशेल खलाफका अनुसार ‘मेटलाइफ फाउन्डेशनले कोरोनाभाइरसबाट बढी प्रभावित समुदायहरूमा आफ्ना स्रोत तथा साधनहरूलाई परिचालित गरिरहेको छ। हामी जुन समुदायहरूमा काम गर्छौं, आज त्यो समुदायलाई हाम्रो साथ र सहयोगको धेरै आवश्यकता भएकोले हामी आफूले सक्ने जति सबै सहयोग गर्न अघि बढ्ने छौँ ।’
मेटलाइफ फाउन्डेशनको प्रारम्भिक अनुदानले जरुरी आवश्यकताहरु भएका समुदाय र व्यक्तिहरुलाई तत्काल लागि चाहिने खानपीन, स्वास्थ्य सेवा, बाल हेरचाह र प्रत्यक्ष वित्तीय सहयोग गर्नेछ । मेटलाइफ फाउन्डेसनले आफ्ना विद्यमान साझेदारहरूसँग मिली कम आय आर्जन भएका मानिसहरूलाई र साना व्यवसायहरूको वित्तीय स्वास्थ्य निर्माण गर्न सहयोग पुर्याउनुका साथै आवश्यकताहरूको छिटो प्रतिक्रिया दिन सधै अग्रसर रहेनछ ।
यस प्रतिबद्धताको एक हिस्साको स्वरूप, मेटलाइफ फाउन्डेशन र अन्य मेटलाइफका संस्थाहरुले एसिया, ईएमईए, ल्याटिन अमेरिका, र संयुक्त राज्य अमेरिकामा राहतको लागि ४ मिलियन डलर अनुदान दिने घोषणा समेत गरिसकेका छन् । साथै, कोरोना भाइरसको कारण, परिणाम स्वरूप युएस फूड बैंकहरुमा उत्पन्न भएको सेवाहरूको बढ्दो मागको सामना गर्न पनि मेटलाइफ फाउन्डेशन र अन्य मेटलाइफका संस्थाहरु सहयोग गर्न तत्पर रहेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.