२०७६ चैत २४ गते १०:२६ विकासन्युज
काठमाडौं । श्री जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रले कोरोना विपद व्यवस्थापन समितिलाई १८ थान पीपीई हस्तान्तरण गरेको छ । पुस्तकालयले बेलकोटगढी नगरपालिका वडा नं. १, २ र ३ तथा ककनी गाउँपालिका वडा नं. ३ तथा धुनिवेशी नगरपालिका वडा नं. ४ का कोरोना महामारी विपद समितलाई पीपीई सहित विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
बेलकोटगढी नगरपालिका वडा नं. २ मा रहेको यस पुस्तकालयले कोरोना भाइरस(कोभिड १९) को रोकथाम तथा नियन्त्रणको पुर्व तयारीको लागि उक्त सहयोग गरेको हो ।
साथै, विश्वव्यापी रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणको लागि समाजमा आइपर्ने जे जस्तो समस्याको पनि साथ र सहयोग निरन्तर गरिने पुस्तकालयका अध्यक्ष रामचन्द्र तिमल्सिनाले बताए ।
विगतमा पनि सहयोग गर्दै आएको यस पुस्तकालयले समुदायमा अपाङ्गता समावेशी विपद जोखिम न्युनिकरण पर्वद्धन परियोजना अन्तर्गत समुदायमा विभिन्न विपद तयारी योजनाका कार्यक्रमहरु गर्दै आएको अध्यक्ष तिमल्सिनाले जानकारी दिए ।
त्यस्तै, उक्त सामाग्री उपलब्ध गराउन सहयोग पुर्याउने राष्ट्रिय आविष्कार केन्द्र तथा डा. महाविर पुन, लायन्स क्लब इन्टरनेशनल 325B1 डिष्ट्रिक गर्भनर इन्दु लमसाल, डा. भुपेन्द्र बस्नेत, दिपक मुडभरी, सांसद बहादुर सिंह लामालाई पुस्तकालयले धन्यवाद दिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.