लकडाउन उलंघन गर्नेलाई नियन्त्रणमा लिन ग्रील तथा स्टील व्यवसायी महसंघले प्रदान गर्याे मेनक्याच स्टीक

  २०७७ वैशाख ३ गते १८:१४     विकासन्युज

काठमाडाैं । ग्रील तथा स्टील व्यवसायी महसंघ नेपालका अध्यक्ष मोहन कटुवालले महानगरिय प्रहरी बृत कमलपोखरीका प्रमुख भरत बहादुर बिकलाई मेनक्याच स्टीक निशुल्क हस्तान्तरण गरेका छन् । नेपाल सरकारले घोषणा गरेको लकडाउनको प्रभावकारी कार्यान्वयन गर्न लकडाउन उलंघन गर्नेलाई सुरक्षित किसिमले सोसियल डिस्टेन्स कायम गरि नियन्त्रणमा लिन उक्त मेनक्याच स्टीक उपयोगी हुने महासंघले जनाएकाे छ ।

यदि सन्क्रमित व्यक्ति भए दुबै जना सुरक्षित हुने हुँदा यसकाे महत्त्वलाई महसुस गरी आफ्नो जिउ ज्यान जोखिममा राखी जनताको जिधनको सुरक्षाको निम्ति अहोरात आफ्नो ड्युटिमा खरिरहेका सुरक्षाकर्मीलाई सुरक्षित राख्न र मनोबल बढाउन उपयाेगी हुने उक्त स्टीक दिइएकाे महासंघले बतायाे ।

नेपालमै उपलब्ध सामानको प्रयोग गरि तयार गरिएको मेनक्याच स्टीक महासंघले देशका अन्य स्थानमा पनि उपलब्ध गराउने जानकारी अध्यक्ष कटुवालले बताए ।महासंघले यस अघि आफ्ना मातहतका जिल्लाहरु ललितपुरले सर्जिल मास्क र सेनिटाइजर मकवानपुर जिल्लाले श्रमिकहरुलाई खाद्यान्न, ठूलो भर्र्याङ्सु इकाइबाट हात धुनको लागि पानी टेन्किको व्यवस्था गरेको थियो ।

साथै, अध्यक्ष कटुवालले सामुदायिक प्रहरी सेवा नक्सालका प्रहरी प्रमुख वसन्त थापालाई २०० थान  सर्जिकल माक्स प्रदान गरेका छन् ।