२०७७ वैशाख ९ गते १७:१७ विकासन्युज
काठमाडौ. । कोरोना भाईरसको कारण लाग्ने कोभिड–१९ को उपचार जडिबुटीबाट नहुने आयुर्वेद तथा वैकिल्पक चिकित्सा विभागले बताएको छ ।
कोभिड–१९ सम्बन्धि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले कुनै पनि जडिबुटीले कोभिड–१९ निको पार्ने पुष्टि नभएको बताएका हुन् ।
उनी भन्छन्, हाम्रौ घर आँगनमै पाउने जडिबुटीले हाम्रो रोगसँग लड्ने क्षमता बढाउँछ तर यसको मतलब यसले कोभिड–१९ ठीक पार्छ भन्ने होईन । ’
जडुबुटीले कोरोनाको उपचार गर्छु भन्दै भ्रामक सन्देश फैलाउन बन्द गर्न पनि उनले आग्रह गरेका छन् । उनले सबैलाई विश्व स्वास्थ्य संगठन र नेपाल स्वास्थ्य मन्त्रालयले जारी गरेको विधिहरुलाई अपनाउन आग्रह गरेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.