२०७७ जेठ ५ गते १२:०० विकासन्युज
काठमाडाैं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्वउपराष्ट्रपति जो बाइडनलाई जेल पठाउनुपर्ने बताएका छन् । अमेरिकाकाे एक टेलिभिजनसँग कुराकानी गर्दै उनले साे कुरा बताएका हुन् ।
उनल्ओे बामा र बाइडन माइकल फ्लिनको मुद्दामा दोषी रहेको भन्दै उनीहरुलाई जेल हाल्नुपर्ने बताएका हुन् । ‘म रिपब्लिकन नभई डेमोक्रेट भएको भए सबैजना उहिल्यै जेलमा पुगिसकेका हुन्थे, म ५० वर्षको जेल सजायको कुरा गर्दैछु,’ उनले फक्स बिजनेसमा मारिया बार्टिरोमोसँग कुरा गर्दै भने ।
त्यसलगत्तै उनले ट्वीट गर्दै ओबामा प्रशासन भ्रष्ट भएकाले आफू निर्वाचित भएको बताएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.