२०७७ जेठ ११ गते १५:१२ विकासन्युज
काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्याेरेन्सले कम्पनीमा कार्यरत सबै कर्मचारीकाे काेराेना बीमा गराएकाे छ । इन्स्याेरेन्सले जनरल इन्स्योरेन्स कम्पनी नेपाल मार्फत सबै कर्मचारीकाे काेराेना बीमा गराएकाे हाे ।
यससँगै, कोरोना बीमाको विमाङ्क रकम प्रतिकर्मचारी १ लाख रूपैयाँकाे रहेकाे कम्पनीले जानकारी दिएकाे छ ।
यस्तो प्रतिकुल र असुरक्षित वातावरणमा कम्पनीका विभिन्न शाखा/उपशाखाहरुमा कार्यरत कर्मचारीहरु बीमा व्यवसाय संचालन गर्ने क्रममा बीमाशुल्क संकलन तथा बीमा सम्बन्धी कार्य गर्नको लागि फिल्डमा जानु पर्ने र विभिन्न व्यक्तिहरुको सम्पर्कमा आउने भएकोले कोरोनाको संक्रमणको खतरा हुने तथ्यलाई विचार गरी सबैकाे काेराेना बीमा गराइएकाे इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बताएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.