२०७७ जेठ १२ गते ६:५४ विकासन्युज
काठमाडौं । मुस्लिम समुदायले आज इदुलफित्र (ईद) मनाइरहेका छन् । सरकारले ईदका अवसरमा देशभर सार्वजनिक विदा दिएको छ ।
चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ
इस्लाम परम्परा अनुसार ईद पर्वमा अल्लाहका नाममा विशेष नमाज (प्रार्थना) गरिन्छ । ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्न भन्ने एक खालको मुस्लिम समुदायमा विश्वास छ । मिठो खाने कुरा तथा नयाँ लुगा लगाउने यो पर्व मनाइन्छ ।
विश्वमा नै कोरोना फैलिएसँगै यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण घरमै बसेर ईद मनाउन नेपाल मस्लिम आयोगले आह्वान गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.