२०७७ जेठ १४ गते ६:१२ विकासन्युज
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ५६ लाख ७८ हजार ३ सय ९५ पुगेको छ ।
कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ५१ हजार ६ सय ६६ जनाको मृत्यु भइसकेको छ भने २४ लाख २६ हजार ५ सय १४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख ५ सय ७३ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १७ लाख २५ हजार ५ सय २४ रहेको छ ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख ५० हजार ७ सय ९३ पुगेको छ भने अहिलेसम्म ४ हजार ३ सय ४९ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा अहिलेसम्म ७ सय ७२ जना संक्रमित भएका छन् भने ४ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी १५५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभार : वल्डोमिटर)
Copyright © 2024 Bikash Media Pvt. Ltd.