२०७७ जेठ २६ गते ९:४० विकासन्युज
काठमाडौं । सोमबार प्रतिनिधि सभा बैठकमा बजेटमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यक्रम छ । सांसदले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम पछि विनियोजन विधेयक पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
आज नयाँ बानेश्वरको संसद भवनमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री कार्यालयसहित २१ वटा मन्त्रालयको विनियोजित बजेटबारे सांसदहरुले उठाएका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ ।
आगामी आर्थिक वर्षको बजेट बारे सांसदले सदनमा राखेका दुई दर्जन बढी खर्च कटौतीका प्रस्ताव निर्णयार्थ पेश गर्ने कार्यसूची छ । मन्त्रीको जवाफ र खर्च कटौतीका प्रस्ताव निर्णयार्थ पेश भएपछि अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विनियोजन विधेयक निर्णयार्थ पेश गर्नेछन् ।
राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची सचिवालयले तयार पारेको जनाएकाे छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.