२०७७ जेठ २७ गते ७:३४ विकासन्युज
काठमाडाैं । गण्डकी प्रदेशकाे ३जिल्लामा थप २४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १ सय ४४ पुगेकाे छ ।
पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेकाे काेराेना परीक्षणमा नवलपरासी बौदीकाली गाँउपालिका निवासी १२ जना रहेकाे गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता डा. विनोद बिन्दु शर्माले बताए ।
म्याग्दी जिल्ला बेनी नगरपालिका निवासी १ जना र बाग्लुङ निसीखोला गाँउपालिकाका ३ जना र सोही जिल्लाको बरेङ गाँउपालिका निवासी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको डा. शर्माले जानकारी दिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.