संसदमा अर्थमन्त्रीको राजीनामा माग, विद्युतीय सवारीमा अर्बौ रुपैयाँ घोटालाकाे आरोप

  २०७७ जेठ २७ गते १२:४८     विकासन्युज

काठामाडौं । संसदमा अर्थमन्त्री युवराज खतिवडाको राजीनामा माग भएको छ । बजेट र अर्थमन्त्रालयसँग सम्बन्धित विषयमा छलफलको क्रममा प्रतिनिधिसभामा अर्थमन्त्रीको राजीनामा माग भएको हो ।

बजेट पूर्व भन्सारबाट ठूलो संख्यामा विद्युतीय गाडी सवारी छुटाएको र बजेटमा विद्युतीय सवारीमा कर वृद्धि गर्दा अर्बौ रुपैयाँ घोटाला भएको आरोप सांसदहरु अर्थमन्त्रीमाथि लगाएका छन् ।

भारतमा रेल दुर्घटना हुँदा रेल मन्त्री लालबाबु शास्त्रीले राजीनामा दिएको, विदेशी बैंकमा डलर लुकाएको खुलासापछि तत्कालिन अर्थमन्त्री डा रामशरण महतले राजीनामा दिएको उदाहरण दिदै सांसद् प्रेम सुवाल विद्युती सुवारी खरिद र भन्सार वृद्धि प्रकरणमा अर्बौ रुपैयाँ घोटाला भएकोले अर्थमन्त्ती युवराज खतिवडाले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

संसाद मिनेन्द्र रिजाले अर्थमन्त्रीको इमान्दारिताप्रतिको विश्वास टुटेको बताए । तीन वर्षअगाडि स्वेतपत्र जारी गर्दा आक्रामक बनेका अर्थमन्त्री अहिले निरिह प्राणी बनेकाे उनकाे भनाइ छ ।

जवाफामा अर्थमन्त्री युवराज खतिवडाले भने ‘बजेट सरकारको हो । बजेट पाए नभई अर्थमन्त्रीले राजीनामा दिन मिल्दैन । अर्थमन्त्रीले राजीनामा दिए भए बजेट पारित हुनसक्दैन ।’ उनले राजीनामा माग्ने सांसदकाे नियत र उदेश्यमाथि उल्टै प्रश्न गरेका छन् ।