सेयर बजार सुधारको लागि अघि बढ्यो धितोपत्र बोर्ड, राष्ट्र बैंक समक्ष राख्यो ४ बुँदे माग

  २०७७ असार २ गते ११:२२     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजार सुधारको लागि नेपाल राष्ट्र बैंक समक्ष विभिन्न ४ बुँदे माग पेश गरेको छ । विकासन्युजसँग कुरा गर्दै बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले बजारमा राहतको लागि यी काम गरिदिन राष्ट्र बैंकलाई पत्राचार गरेको बताएका हुन् ।

यस्ता छन् मागः 
बोर्डका अध्यक्ष ढुङ्गानाका अनुसार ब्रोकरको मार्जिन सीमा ७५ प्रतिशत पुर्याउन माग गरिएकाे छ ।

सिलिङ भित्रको कर्जा/सेयर धिताे कर्जाको स्वतः नविकरण गरिदिन बाेर्डकाे माग रहेकाे छ ।

त्यस्तै, विद्युतीय कारोबारमा १० लाख रुपैयाँको सीमा रहेको छ । जुन सीमा हटाउन  राष्ट्र बैंकलाई पत्राचार गरेकाे छ ।

साथै, ब्रोकरलाई ऋण प्रवाह गर्दा सर्वसाधारणलाई भन्दा कम व्याजदर हुने व्यवस्था गराउन माग गरेको अध्यक्ष ढुङ्गानाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.