काेराेनाबाट थप १ जनाकाे मृत्यु, मृतककाे संख्या २० पुग्याे

  २०७७ असार ३ गते ८:२४     विकासन्युज

काठमाडाैं ।  नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा एक काेराेना संक्रमित महिलाकाे मृत्यु भएकाे छ ।

बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा सोमबार साँझ साढे ६ बजेतिर मृत्यु भएको हो ।

ती महिलाको मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । उनी निमोनियाले पीडित थिइन् । स्वास्थ्य गम्भीर हुँदै गएपछि जेठ ३० गते उनलाई अस्पताल भर्ना गरिएको थियो ।

बाँकेमा कोरोना भाइरसबाट मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन् । यसअघि ४ जेठमा बाँकेको नरैनापुर गाउँपालिका–५ का २५ वर्षीय युवकको कोरोनाबाटै मृत्यु भएको थियो ।

नेपालमा हालसम्म कोरोनाबाट २० जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.